Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चिनियाँ ब्रान्डको नयाँ मोटरसाइकल नेपाली बजारमा

tribeni2

काठमाडौ । नेपालमा चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो ।

आज सार्वजनिक भएको टेक्कन आर २५० मोडलको मोटरसाइकलको मूल्य ४ लाख ५ हजार रुपैयाँ पर्ने बितरकले जनाएको छ । २२३ सीसी क्षमताको इन्जिन रहेको यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ ।

एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनिले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ । फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ ।

मोटरहेड मोटरसाइकल देशका बिभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिने छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्