Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका लामिछानेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई 
शनिबार, असोज ६, २०८०
tribeni2

काठमाडौं । रुकुमका क्रियाशिल पत्रकार राजु लामिछाने प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिक उत्सवका अवसरमा पुरस्कृत हुनुभएको छ । 

काउन्सिलले शनिवार बिहान राष्ट्रपति निवासमा आयोजना गरेको बिशेष समारोहका बिच लामिछानेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार - २०८० बाट पुरस्कृत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नगद पुरस्कार सहित प्रमाणपत्र र दोसल्लाले उहाँलाई सम्मान गर्नुभएको हो । 

पत्रकारितामार्फत राष्ट्रलाई पुर्‍याउँदै आएको योगदानको कदर गर्दै उहाँलाई पुरस्कृत गरिएको हो ।  विगत दुई दशकदेखि पत्रकारितामा संलग्न लामिछाने जाजरकोट सन्देश, असल शासन र जनआस्था साप्ताहिक पत्रिका मार्फत पत्रकारितामा जोडिनुभएको थियो ।

साहित्यिक पत्रकारिता मार्फत मूलधारको पत्रकारितामा जोडिनुभएका लामिछाने हाल गोरखापत्र दैनिक, उज्यालो रेडियो तथा अनलाईन, मूलपाटी डटकम, असल शासन साप्ताहिक लगायतका संचार माध्याममा कार्यरत हुनुहुन्छ । 

उहाँसँगै प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सञ्चारकर्मी र व्यक्तित्वहरूलाई सम्मान गरेको छ । काउन्सिलले १६ जनालाई सम्मान गरेको छ । 

Raju (1)1695478739.jpg

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई 

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई दिइएको छ । यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राइलाई प्रदान गरिएको छ । १ लाख ५१ हजार राशीको गोपालदास र १ लाख १० हजार राशीको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नुभएको हो ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, काभ्रे,  राममणि दाहाल, र मकवानपुर माधवसिंह धामी कञ्चनपुरलाई दिइएको छ । प्रेस काउन्सिल शसक्त सञ्चारकर्मी पुरस्कार सागर पण्डित र चुडामणी भट्टराईलाई दिइएको छ । यस्तै यसवर्षको भाषागत पत्रकारिता पुरस्कार धनुषाबाट प्रकाशित हुने आँजुर द्वैमासिकलाई प्रदान गरियो भने काठमाडौँबाट प्रकाशित हुने हिमाली गुँरास द्वैमासिकलाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार दिइएको छ । 

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गरियो । युवा पत्रकारिता पुरस्कार १९ जना, महिला सशक्तिकरण पत्रकारिता पुरस्कार ६ जना र समावेशी पत्रकारिता पुरस्कार ७ जनालाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कार फोटोपत्रकार केशवराज थोकर र कलापत्रकार नेमिस गौतमलाई दिइएको छ ।

यसवर्षको प्रेस काउन्सिल नेपाल उत्कृष्ट कर्मचारी पुरस्कार शाखा अधिकृत विष्णु शर्मा लम्साल र मिडिया अनुगमनकर्ता प्रेमचन्द्र बडुलाई प्रदान गरिएको छ । यस्तै कर्मचारी प्रोत्साहन पुरस्कार वरिष्ठ प्रशासन सहायक लक्ष्मी पौडेल र कार्यालय सहयोगी मनोजकुमार मण्डललाई दिइयो । २० वर्ष सेवाअवधि पुरा गरेको अवसरमा यसवर्षको दीर्घसेवा पदकबाट कुचीकार रमा द्योलालाई सम्मानित गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्