Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको तीन दिनपछि शव भेटियो 

आइतबार, असोज ७, २०८०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा खोलाले बगाएर वेपत्ता भएका एक जना व्यक्तिको तिन दिनपछि शव फेला परेको छ ।   जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी ५७ बर्षिय हृदय गिरीको शव शनिबार साझ भेटिएको हो ।

गिरीको शव बगेको स्थानदेखि २ सय ५० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

गिरी बिहिबार दिउँसो बाँफिकोट गाउँपालिकाको वडा नम्बर २ पिपलबाट घरतर्फ जाने क्रममा वडा नम्बर १ र २ को सिमानामा रहेको पुमा खोलामा बगेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्