Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिरुगैरामा वन समुहको भेला सम्पन्न, अटेरी गर्ने घरधुरीलाई सदस्यता नदिने निर्णय

आइतबार, असोज ७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -१० मा रहेको सिरुगैरा सामुदायिक वन उपभोक्ता समुहको समिक्षा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

समिक्षा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रममा समुहको आयव्यय सार्वजनिक गरिनुका साथै आगामी वर्षको लागि योजना समेत तय गरिएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका वन रक्षक रण बहादुर डाँगीका अनुसार कार्यक्रममा गत आर्थिक वर्ष ०७९/८० मा भए गरेका गतिविधिहरुको सार्वजनिक तथा समिक्षा गरिएको थियो । समहुले गत वर्ष विभिन्न शिर्षकमा गरेको आठ लाख आठ हजार ४७४ रुपियाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । 

भेलाले आर्थिक वर्ष ०८०/८१ को बार्षिक योजना समेत तय गरेको छ । आगामी वर्षको लागि बृक्षारोपन, गोलमेल, खोटो संकलन गरेका रुखमा लेपन कार्य, समुह सचेतना गोष्ठि, विपन्नलाई सहयोग, समुहको संचालन लगायका योजना बनाईएको समुहका अध्यक्ष गोपाल बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँका ५१ घरधुरीलाई समुहको सदस्यता प्रदान गरिएको छ भने तीन जनालाई कारबाहि गरिएको छ । समहुको नियम अटेरी गरेको तीन घरधुरीलाई सदस्यता नदिईएको र नियमानुसार जरिवाना तिरेमा मात्र सदस्यता दिईने छ । आगामी पुस ३० गते अर्धबार्षिक भेला सम्पन्न गर्ने निर्णय समेत भेलाले गरेको छ ।  

समुहका अध्यक्ष  गोपाल  बिष्टको अध्यक्षता र वडा अध्यक्ष  शेरमान खड्काको प्रमुख  आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समुहका सचिव झुमा डाँगी खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य लेखा समितीका संयोजक टेक बहादुर ओलीले राख्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्