Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तरकारी बोकेको जिप सल्यानमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु 

एकजना गम्भीर घाइते 
सोमबार, असोज ८, २०८०
tribeni2

सल्यान / सल्यानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट करिव ३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमामै २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

 दाङको तुल्सिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ति र सोही ठाउँ निवासी गाडी धनि वर्ष ५० का गणेश बुढाको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अर्का एकजना भने गम्भीर घाइते छन । तुल्सिपुर २ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको र उनलाई उपचारको लागी दाङ लगिएको छ ।  

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्