Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बजार नपाउँदा किसानको घरमै थन्किए कागती

सोमबार, असोज ८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा उत्पादित कागतीले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । जिल्लाको  त्रिवेणी गाउँपालिका–१ मा मात्रै करिब ४० क्विन्टल कागती उत्पादन हुने गरेको छ ।

त्रिवेणी गाउँपालिका–१,  रुघाका किसान पदमबहादुर मल्लको बारीमा  छ सय बोट कागती छन् । बिक्रीका लागि आठ क्विन्टल टिपिए पनि उचित मूल्य र बजार नपाउँदा घरमै थन्काएर राखिएको छ । 

सोही गाउँका किसान तिलक घर्तीले  बारीबाट टिपेर घरमा राखिएका कागतीले बजार नपाएर कुहिने अवस्थामा पुगेको छ । उहाँका अनुसार सात क्विन्टल कागती टिपिएको छ । उहाँले किसानका उत्पादनले समयमै बजार पाउने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गर्नुभयो । 

त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष सुन्दर ओलीका अनुसार आफ्नो वडामा करिब ४० घरघुरी किसानले व्यावसायिक रूपमा कागती खेती गरेका छन् । वडाको तलिगाउँ, माथिगाउँ, डाडाँगाउ, दाङचुङ, बल्ले, सिन्तुवा, दहभागे र भेराखर्क टोलमा कागती खेती हुने गरेको छ । अहिले उत्पादन भएका कागतले  बजार नपाउँदा सबै किसानले घरमा थन्काउन बाध्य भएको बताइन्छ ।

कतिपय किसानले डोकोमा बोकेर जिल्ला सदरमुकाम खलङ्गा बजारमा ल्याएर कागती बिक्री गर्ने गरेका छन् । अधिकांश किसानका कागती अहिले घरमै थन्किएका छन् । गाउँपालिकासमेतको ध्यानाकर्षण गराएर कागतीको बजारीकरणका लागि व्यापारीसँग कुराकानी भइरहेको वडाध्यक्ष ओलीले बताउनुभयो । 

जिल्लाको  मुसीकोटलगायत बजारमा कागती प्रतिकिलो ७० रुपियाँमा बिक्री हुने गरेको छ । स्थानीय बजारमा प्रतिकिलो ५० रुपियाँको दरले बिक्री हुने गरेको छ । त्रिवेणी गाउँपालिकाका–१ र २ सहित अन्य वडामा समेत उत्पादन भएको कागतीले बजार पाउन सकिरहेको छैन ।  

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्