Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीको गरिबी हटाउन ठूलो चुनौती छ : मुख्यमन्त्री शर्मा

बिहीबार, असोज ११, २०८०
tribeni2

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी हटाउन ठुलो चुनौती रहेको बताउनुभएको छ । शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी नै रहेको उल्लेख गर्नुहुदै गरिबी हटाउन चुनौती रहेको उल्लेख गर्नुभयो । आज बिहिवार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो -हामीले कर्णालीको गरिबीलाई हटाउन हरेक वर्ष विपन्न गरिवार, गरिव घरपरिवारका १० हजार युवाहरुलाई रोजगार बनाउने योजना बनाएका छौ । यो योजना सफल पारेरै छाड्ने छौ । त्यसको लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।

अनुदान मार्फत नभएर बीउ पुजि अन्तर्गत युवाहरुलाई सहयोग गरेर आयआर्जनमा सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार लागेको छ मुख्यमन्त्री शर्माले भन्नुभयो । कर्णाली प्रदेशमा धेरै चुनौतिहरु रहेको भए पनि त्यो चुनौतिका माझ पनि सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

राजनीतिक अस्थिरताको कारणले भने सरकारमा बसेर काम गर्न केहि समस्या भएको उहाँले बताउनुभयो । आफुले ३ पटक सम्म विश्वासको मत लिएको प्रसंगलाई जोड्दै नेपालको अस्थिर राजनितिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उहाँको भनाई छ ।

कर्णालीको गरिबी हटाउन ठूलो चुनौती छ : मुख्यमन्त्री शर्मा रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी हटाउन ठुलो चुनौती रहेको बताउनुभएको छ ।

शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी नै रहेको उल्लेख गर्नुहुदै गरिबी हटाउन चुनौती रहेको उल्लेख गर्नुभयो । आज बिहिवार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो -हामीले कर्णालीको गरिबीलाई हटाउन हरेक वर्ष विपन्न गरिवार, गरिव घरपरिवारका १० हजार युवाहरुलाई रोजगार बनाउने योजना बनाएका छौ । यो योजना सफल पारेरै छाड्ने छौ । त्यसको लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।

अनुदान मार्फत नभएर बीउ पुजि अन्तर्गत युवाहरुलाई सहयोग गरेर आयआर्जनमा सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार लागेको छ मुख्यमन्त्री शर्माले भन्नुभयो । कर्णाली प्रदेशमा धेरै चुनौतिहरु रहेको भए पनि त्यो चुनौतिका माझ पनि सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

राजनीतिक अस्थिरताको कारणले भने सरकारमा बसेर काम गर्न केहि समस्या भएको उहाँले बताउनुभयो । आफुले ३ पटक सम्म विश्वासको मत लिएको प्रसंगलाई जोड्दै नेपालको अस्थिर राजनितिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उहाँको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्