Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१० हिमाली जिल्लामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप लगाइने

२०७८ असोज २, शनिबार
tribeni2

काठमाण्डौ । १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाउने जानकारी दिएको हो ।

यस्तै काभ्रे र चितवनमा २५ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका र बाँकी ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

देशभर असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयको सूचनामा उल्लेख छ ।

देशभर नै यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवाका, शिक्षक, पर्यटकीय क्षेत्र तथा होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई पनि खोप दिइने छ । सबै जिल्लामा चिनियाँ खोप भेरोसेल लगाउन लागिएको हो ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्