Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

शुक्रबार, असोज १२, २०८०
tribeni2

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

जीप दुर्घटनामा शारदा–१२ तिमिलेकी ७६ वर्षीया धुर्बी बाेहरा र शारदा–१५ बरलाकी ४५ वर्षीया मुना सेजवालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । 

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । आज शुक्रवार छत्रेश्वरी गाउँपालिका–५ लेखपाेखरबाट शारदा नगरपालिका–१२ कागखाेला जाँदै गरेकाे लु १ ज १८६१ नम्बरकाे जीप छत्रेश्वरी–५ तिर्पाेलेमा दुर्घटना भएकाे हाे ।

घाइतेहरूलाई उपचारका लागि श्रीनगर पठाइएकाे प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । जीप सडकबाट तल खसेकाे थियाे । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्