Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सूचनाको हकका लागि राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा पत्रकार लामिछाने निर्वाचित

शनिबार, असोज १३, २०८०
tribeni2

काठमाडौं । शुक्रबार काठमाडौंमा सम्पन्न सूचनाको हकका लागि राष्ट्रिय महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट रुकुममा क्रियाशिल पत्रकार राजु लामिछाने केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । 

बिहिबार र शुक्रबार काठमाडौँमा भएको महाधिवेशनबाट लामिछाने केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो । 

मूलपाटी डटकम, गोरखापत्र दैनिक, उज्यालो रेडियो तथा अनलाईन, असल शासन लगायतका सञ्चार माध्याममा कार्यरत उहाँ लामो समय सुशासन, मानव अधिकार र पत्रकारिताको क्षेत्रमा सक्रिय हुनुहुन्छ । 

महाधिवेशनले उमिद बागचन्दको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ताराबहादुर भण्डारी, उपाध्यक्षमा बृजराज कुसवाहा, उपाध्यक्ष महिलामा दुर्गा तिवारी, महासचिवमा अजयकुमार साह, सचिवमा प्रेमभक्त रेग्मी, कोषाध्यक्षमा पुष्पा शर्मा पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कर्णाली प्रदेश संयोजकमा पत्रकार खगेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । नव निर्वाचित कार्यसमितिको शुक्रबार नै पहिलो बैठक सम्पन्न भएको छ । 

385391017_3573789366226687_4701982987795044000_n1696040785.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्