Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सेनाको शिविरमा १२५ जना सैनिक परिवारको नि:शुल्क उपचार

शनिबार, असोज १३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा रहेको नेपाली सेनाको चण्डीदल गणले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गणले भूतपूर्व तथा बहालवाला सैनिक र आश्रित परिवारलाई लक्षित गरी शिविर चलाएको हो । 

चण्डीदल गण सल्लेका गणपति प्रमुख सेनानी बरुण केसी खत्रीका अनुसार शिविरबाट १२५ जनाले सेवा सेवा लिएका छन्  । उनीहरु मध्य २२ जनालाई निशुल्क चश्मा र अन्यलाई निशुल्क औषधि बितरण गरिएको छ ।

शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, पेट, छाला, महिला तथा स्त्री रोग सम्बन्धी उपचार सेवा विशेषज्ञ डाक्टरबाट प्रदान गरिएको प्रमुख सेनानी खत्रीले बताउनुभयो । उहाँका अनुसार शिविरमा जिल्ला अस्पताल, चौरजहारी अस्पताल, साझा मुराल अस्पताल र नेपाली सेनाको १९ नम्बर बाहिनी दाङमा कार्यरत विशेषज्ञ सहितको टिमले सेवा दिएको थियो ।

382976614_2170777096444953_3120075115989817375_n1696087540.jpg

शिविरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सेवा लिएका छन ।  शिविरमा स्वास्थ्य परीक्षण गर्दा अधिकाशमा हाडजोर्नी र आखाँको समस्या देखिएको बताइएको छ । 

सेनाले सञ्चालन गरेको निःशुल्क शिविरले आश्रित परिवारले समेत सेवा लिन पाएको भूतपूर्व सैनिक संघ रुकुम पश्चिमका अध्यक्ष तेजबहादुर चन्दले जानकारी दिनुभयो। लामो समयसम्म देशको सेवा गरेर सेनाको तर्फबाट यस्ता सेवामूलक काम हुँदा आफूलाई गौरव लागेको उहाँको भनाइ छ।

स्वास्थ्य सेवा कार्यालय, चौरजहारी अस्पताल, आँखा उपचार केन्द्र र साझा मुराल अस्पतालसँग सहकार्य गरेर शनिबार सल्लेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो। शनिबार बिहान मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले संयुक्त रुपमा स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो । 

383038129_6666458516731217_8781581496063659742_n1696087539.jpg

382997426_619931246881913_8567335928434346183_n1696087544.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्