Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चाडबाड नजिकिदै गर्दा श्रमदान मार्फत सडक मर्मत गर्दै वाईसियल 

आइतबार, असोज १४, २०८०
tribeni2

रुकुम पूर्व । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपालले सडक मर्मत तथा श्रमदान गरेको छ । 

वाईसियल नेपाल पुथा उत्तरगंगा गाउँपालिकाले केन्द्रिय सदस्य भुपेन्द्रा बुढाको संयोजकत्वमा सडक श्रमदान कार्य सुरु गरेको हो । आज मुख्य रुपमा पुथा उत्तरगंगा गाउँपालिका वाड नम्वर ११ सेरा देखि वडा नम्वर १२ रिका सम्मको सडक मर्मत गरिएको हो । 

नजिकिदै गरेका चाडपर्वहरु दशै, तिहारलाई लक्षित गरेर गाउँपालिका प्रवेश गर्ने मुख्य सडक लगायतका अन्य सडक मर्मत गरिएको हो । वाईसियल नेपालका केन्द्रिय सदस्य भुपेन्द्रा बुढाका अनुसार संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका सरकार मातहतका सडकहरु श्रमदान मार्फत सरसफाई गरिएको हो । 

यस कार्यले पुथा उत्तरगंगावासीलाई चाडबाडको समयमा यात्रा गर्न सहज बनाउँने विश्वास लिएको बुढाले बताउनुभयो । श्रमदान मार्फत सडक मर्मत तथा सरसफाईको कामले सडक मर्मतको नाममा वर्षेनी हुने लाखौँ खर्च जोगाउन समेत सहयोग पुगेको छ । 

385876884_330006786370574_8025698521538089784_n1696175162.jpg

385270997_330007813037138_8457502254053459910_n1696175160.jpg

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्