Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग विजयी

सोमबार, असोज १५, २०८०
tribeni2

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उहाँले ३६९ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिष्पर्धी मिनबहादुर शाहीले २०७ मत ल्याउनुभयो । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायले ४ मत ल्याउनुभयो । 

यस्तै, उपाध्यक्षमा टेकराज पछाई विजयी हुनुभएको छ । उहाँले ३४२ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी लालबहादुर महतराले १७६ मत ल्याउनुभयो ।

सचिवमा ध्रुवकुमार शाहीले ४०६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी रुद्र शाहीले १६९ मत ल्याएर पराजित हुनुभयो । 

यस्तै, उपसचिवमा रविन्द्रराज शर्मा र रमेशबहादुर शाही विजयी हुनुभएको छ । शर्माले २६६ मत ल्याएर विजयी हुनुभयो भने शाहीले २९९ मत ल्याएर विजयी हुनुभयो । 

बुधबारदेखि जारी अधिवेशन आइतबार मतदान भएको थियो । नेतृत्व चयनका लागि सर्वसम्मत सहमति हुन नसकेपछि निर्वाचन भएको हो । निर्वाचनमा ६०९ मत खसेको थियो । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्