Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षा क्षेत्र सुधारका लागि सिकाई केन्द्र बनाउन कर्णालीका मुख्यमन्त्री तयार

मंगलबार, असोज १६, २०८०
tribeni2

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्र सुधारका लागि संघ, प्रदेश र स्थानीय तह विचको सहकार्यवाट मात्र सुधार गर्न सकिने बताउनुभएको छ ।

सुर्खेतको विरेन्द्रनगरमा आयोजित प्लान इन्टरनेशनल नेपालको पाँच वर्षे राष्ट्रिय रणनीति सार्वजनिकीकरण गर्दे मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले शिक्षालाई प्रभावकारी बनाउन सिकाई केन्द्र निर्माण गरिने बताउनुभयो ।

अहिले पनि शिक्षा क्षेत्र टाउकोले टेकेको जस्तो भएको उहाँको भनाई छ । यसलाई खुट्टाले टेकेको वनाउन आवश्यक छ । त्यो एक्लाएक्लै भन्दा तिनै तहको सरकार र सरोकारवालाका वीचमा सहकार्यवाट संभव हुने उहाँको भनाई छ ।  

उहाँले भन्नुभयो प्रविधि ,श्रम उत्पादन र नैतिकताका क्षेत्रलाई सुदृढ, विस्तारको काम शिक्षण सिकाई केन्द्रले गर्ने छ ।  केन्द्रवाट शिक्षक विद्यार्थी र पाठ्यक्रम निर्माणका लागि सहयोग गर्नेछ ।

कर्णालीका जनताको सुख र खुसीका लाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधि सञ्चालन गरिरहेकोमा जोड गर्दे मुख्यमन्त्री शर्माले आर्थिक सम्पन्नतासंग सुख र सामाजिक न्यायसंग खुसी जोडिएकाले यसलाई ध्यानमा राखेर सरकार अघि वढ्न खोजेको वताउनुभयो । 

समुदायस्तरवाट पनि शिक्षा क्षेत्रमा योगदान हुने भएकाले पहिलो पाठशाला घर परिवार बाटै सिकाई सुधारका लागि हरेक परिवारमा नियमित वैठक, छलफल र सिकाई अभ्यासको पारिवारिक वैठक आवश्यक रहेको मन्त्री शर्माको भनाई छ ।

कर्णाली प्रदेश सरकारले यहाँका १० जिल्लाका  १÷१ वटा विद्यालयलाई नमूना विद्यालय वनाउने तयारी गरेको छ । त्यसका लागि कार्यवीधि निर्माणको काम समेत भैरहेको छ । 

प्लान इन्टरनेशनलका अध्यक्ष राम किसनको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री  खड्क वहादुर पोख्रेल, आन्तरिक तथा कानुन मन्त्री कृष्ण जिसी र उर्जा तथा जलस्रोत मन्त्री उर्मिला विक, कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल लगायतको उपस्थिति रहेको थियो । प्लान इन्टरनेशनल नेपाल कर्णालीका १० वटै जिल्लामा कार्यक्रम विस्तार समेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्