Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गृहको मूल्याङ्कनमा रुकुम प्रशासन उत्कृष्ट

बुधबार, असोज १७, २०८०
tribeni2

रुकुम पश्चिम । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम उत्कृष्ट भएको छ । आर्थिक वर्ष ०७९/०८० मा रुकुम पश्चिम उत्कृष्ट अङ्कसहित देशभरमा दोस्रो हुन सफल भएको हो ।

कार्यसम्पादन मूल्याङ्कनको एक सय पूर्णाङ्कमा  ९६.१३ अङ्क  ल्याएर जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम कार्यसम्पादन मूल्याङ्कनमा देशभरबाट उत्कृष्ट दोस्रो स्थान प्राप्त गरेको हो । 

गहृ मन्त्रालयले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत कार्यसम्पादन गरेको आधारमा मूल्याङ्कन गर्ने गर्दछ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले गृह मन्त्रालय बिच सम्झौता भएका विभिन्न ६ वटा सूचकाङ्कमा रुकुम पश्चिम दोस्रो स्थान प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो । अघिल्लो  आव ०७८/०७९ मा चौथौँ नम्बरमा रहेकामा गत आर्थिक वर्षमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो । 

कार्य सम्पादनमा गुल्मी जिल्लाले भने ९६ दशमलव ४४ अंक प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको छ । तेस्रोमा रुपन्देही, इलाम, नवलपरासी पूर्व, रुकुम पूर्व, डडेलधुरा, काठमाडौँ, पर्वत, बैतडी जिल्ला रहेका छन् । ९० भन्दा माथि अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले कार्य सम्पादनमा उत्कृष्ट जिल्लाको रुपमा राख्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्