Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा डोजरले च्यापेर बालक घाईते, अवस्था गम्भिर

शुक्रबार, असोज १९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा डोजर (स्काभेटर) ले च्यापेर एक जना बालक घाईते भएका छन् ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर १० का भरत खड्काका ६ वर्षिय छोरा चन्द्रलाल खड्का घाईते भएका हुन् । सोहि ठाउँको घन्ठाना निवासी खड्कालाई शुक्रबार दिउँसो साढे १ बजे बिद्यालयबाट घर फर्कने क्रममा डोजरले च्यापेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार बा ०१००३ क ९१३० नम्बरको डोजरले बालकलाई ठक्कर दिएको हो । गाउँपालिकाको केन्द्र सिम्लीबाट अर्मातर्फ जाने भित्रि सडक मर्मत गरेर फर्कने क्रममा बालकलाई डोजरले ठक्कर दिएको बताईएको छ । 

प्रहरीले डोजर चालक सानीभेरी गाउँपालिका वडा नम्वर ८ निवासी २३ बर्षिय धनेश बिक र डोजरलाई नियन्त्रणमा लिएको छ । 

घाईते बालकलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ । उनको बाँया खुट्टामा चोर र कम्मरदेखि तलको भाग च्यापिएकोले अवस्था गम्भिर रहेको  जनाईएको छ । अस्पतालबाट उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको बुझिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्