Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिद्यालयबाट फर्कदै गर्दा डोजरको ठक्करले घाईते भएका बालकको मृत्यु 

शुक्रबार, असोज १९, २०८०
tribeni2

रुकुम पश्चिम। रुकुम पश्चिममा डोजर (एक्स्काभेटर) ले ठक्करबाट घाईते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर १० का भरत खड्काका ६ वर्षिय छोरा चन्द्रलाल खड्काको मृत्यु भएको हो ।  उनी स्थानीय जनसेवा आधारभूत बिद्यालय घन्ठानामा कक्षा एकमा अध्ययनरत थिए ।

सोहि ठाउँको घन्ठाना निवासी खड्कालाई शुक्रबार दिउँसो बिद्यालयबाट घर फर्कने क्रममा डोजरले ठक्कर दिएको थियो । डोजरको ठक्करले गम्भिर घाईते भएका बालक खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको थियो ।

अवस्था गम्भिर भएपछि हेलिकोप्टरबाट बाहिर लैजाने तयारी भईरहेको थियो । सुविधासम्पन्न अस्पताल लैजाने तयारी हुँदै गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभधयो । 

बा ०१००३ क ९१३० नम्बरको डोजरले बालकलाई ठक्कर दिएको थियो । गाउँपालिकाको केन्द्र सिम्लीबाट अर्मातर्फ जाने भित्रि सडक मर्मत गरेर फर्कने क्रममा बालकलाई डोजरले ठक्कर दिएको बताईएको छ ।

प्रहरीले डोजर चालक सानीभेरी गाउँपालिका वडा नम्वर ८ निवासी २३ बर्षिय धनेश बिक  र डोजरलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्