Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा दुई मुखे पाठीको जन्म, हेर्न जानेको भिड

शुक्रबार, असोज १९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोटमा एक बाख्राले दुई मुख भएको पाठी जन्माएको छ । 

आठविसकोट नगरपालिका -१४ का भिमबहादुर मल्लले पालेको बाख्राले शुक्रबार बिहान दुई वटा मुख भएको पाठी पाएको हो । 

स्थानीय सुनिल कुमार मल्लका अनुसार मल्लको घरमा पालिएको बाख्राले दुईमुखे पाठी पाएको हो । पाठीको अवस्था अहिले सामान्य भएको र शरिर भन्दा टाउको ठुलो रहेको बताईएको छ । पाठीले दुवै मुखले दुध चुसिरहेको छ । 

गाउँमा नयाँ घटना भएको भन्दै गाउँवासीहरु चकित परेका छन् । उक्त पाठी हेर्नको लागि भिमबहादुर मल्लको घरमा दिनभर स्थानीयको भिड समेत लागेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्