Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पालिका स्तरिय परियोजना सल्लाहकार समितिको अनुगमन सम्पन्न

शनिबार, असोज २०, २०८०
tribeni2

जाजरकोट / कुशे गाउँपालिकाको पालिका स्तरिय परियोजना सल्लाहकार समितिले परियोजनाको अनुगमन तथा समिक्षा सम्पन्न गरेको छ । कुशे गाउँपालिका वडा नं ५, ७ र ८ वडाहरुमा परियोजना मार्फत संचालन गरिएका कार्यक्रमहरुको यहि असोज १७ गते देखि ३ दिन सम्म अनुगमन तथा समिक्षा बैठक गरिएको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा पालिकाभित्र संचालन भएका कार्यक्रमहरुको अनुगमन गरिएको अनुगमनमा सहभागि कुशे गाउँपालिका शिक्षा शाखा स्रोत ब्यक्ति कृष्ण गिरीले बताउनुभयो । अनुगमनका क्रममा परियोजनाले गरेका कार्यहरुको समिक्षाका साथै सुधार गर्नुपर्ने र स्थानीय तहले अपनत्व लिनुपर्ने कार्यका बारेमा समेत छलफल गरिएको गिरीले बताउनुभयो ।

सन् २०१९ देखि यस पालिकामा संचालन भइ सन् २०२३ डिसेम्बरमा सम्पन्न हुने यस परियोजनामार्फत संचालन गरिएका कार्यक्रमहरुको प्रभावकारीताको समिक्षा गर्न साथै स्थानीय तह, समुदाय र बिद्यालयहरुलाई उत्तरदायि बनाउनका लागि बिद्यालय, समुदाय र बालक्लव स्तरमा अनुगमन गरिएको सहयात्रा दोस्रो परियोजनाका बरिष्ठ परियोजना संयोजक रत्न बहादुर डांगीले बताउनु भयो ।

परियोजना क्षेत्रमा भएका कार्यहरुको अनुगमन गर्ने राम्रा पक्षहरुलाई आगामी दिनहरुमा पालिकाका नीतिहरुमा समाबेश गर्दै कार्यान्वयनमा लैजाने र सुधार गर्नुपर्ने पक्षहरुलाई सुधार गर्न सुझाव दिनका लागि अनुगमन तथा समिक्षा गरिएको परियोजना सल्लाहकार समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष देबिका कुमारी सिंहले जानकारी गराउनुभयो । परियोजना मार्फत भएका कार्यहरु उपलब्धिमुलक रहेका, थप सुधार गर्नुपर्ने पक्षका बिषयमा बिद्यालयहरुलाई सुझाव दिइएको र सुझावहरुलाई कार्यान्वयन गर्न समेत निर्देशन दिइएको अनुगमन पश्चात संयोजक सिंहले जानकारी गराउनुभयो ।

पालिका स्तरिय परियोजना सल्लाहकार समितिका संयोजक देविका कुमारी सिंहको नेतृत्वमा भएको उक्त अनुगमनमा पालिका अध्यक्ष हरिचन्द्र बस्नेत, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, सेभ द चिल्ड्रेनका परियोजना संयोजक नवराज बिसी, पहाडी क्षेत्र विकास अभियान जाजरकोटका पदाधिकारीहरु र सम्वन्धित वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्