दशैतिहारको अवसरमा 'त्रिवेणी गोल्डकप' हुँदै

शनिबार, असोज २०, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा ‘प्रथम त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । त्रिवेणी युथ क्लबले त्रिवेणी गाउँपालिका–६ को दबाङ झुल्नेटामा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो । 

क्लबका अध्यक्ष भुपेन्द्र खड्काले हिन्दुहरुको महान् चाड वडादशै तथा शुभ दिपावलीको अवसरमा कार्तिक १२ गतेदेखि प्रथम त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विजेता हुने समुहलाई ८० हजार रुपियाँ नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र दिईनेछ भने उपविजेता हुने समुहले ४० हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरु छनौट गरि पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता गर्न असोज १५ देखि कार्तिक ११ गतेसम्मको समय आयोजकले सार्वजनिक गरेको छ । त्यसैगरी टिम दर्ता शुल्क ६ हजार पाँच सय र कार्ड डिपोजिट शुल्क एक हजार पाँच सय तोकिएको छ ।

tribeni gold cup1696661738.jpg

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्