Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा ५४ जनालाई 'छोरी बुहारी छात्रवृत्ति’ प्रदान

शनिबार, असोज २०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा कर्णाली प्रदेशको 'छोरी बुहारी छात्रबृति कार्यक्रम' अन्तरग ५४ जनाले छात्रवृति पाएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी बुहारी छात्रबृति कार्यक्रम संचालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट २ जनालाई छात्रबृति  प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ बाट जिल्लामा रहेको सामाजिक विकास कार्यालयबाट छात्रवृति दिन थालेको हो । 

आर्थिक वर्ष २०७६/७७ मा १० जनाले, २०७७/७८ मा १० जना, २०७८/७९ मा २० र गत आर्थिक वर्षमा १२ जना गरि ५४ जनाले छात्रबृति  पाएका हुन् । आर्थिक वर्ष ७५/७६ मा प्रदेश निर्देशनालयले छात्रावृति वितरण गरेको र जिल्लामा त्यसको तथ्याङ्क नभएकाले कति छात्रबृति पाएको छन् भन्ने जानकारी नभएको सामाजिक विकास कार्यालय प्रमुख धनन्जय आर्चायले बताउनुभयो । उहाँका अनुसार दुई आर्थिक वर्षमा एक लाख र गत आर्थिक वर्षमा ५० हजारका दरले छात्रवृति वितरण गरिएको हो । 

३ बर्षे प्राविधिक शिक्षा अध्ययन गरिरहेका छोरी बुहारीलाई मात्र एक वर्ष छात्रबृति प्रदान गर्ने गरिएको प्रमुख आर्चायले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा १ लाख र २०७८/७९ मा ५० हजार मात्रै छात्रबृति प्रदान गरिएको हो । 

यो आर्थिक वर्षमा भने प्रदेश सरकारबाट ‘छोरी बुहारी छात्रबृति’ कार्यक्रम छुटेर आएको छ । यो वर्ष पनि वजेटको लागि आग्रह गरिएको छ । यो वर्ष पनि २० जना लागि ‘छोरी बुहारी छात्रवृत्ति’ रकम माग गरिएको हो ।

यो कार्यक्रमले आर्थिक अभावमा पढ्न नपाएका छोरी बुहारीलाई सहयोग पुगेको छ । तर कार्यक्रम भने प्रभावकारी नभएको पाईएको छ ।

३ बर्षे प्राविधिक विषय अध्ययन गर्नेहरुलाई मात्र छात्रबृति वितरण गर्ने गरिएकोमा एक वर्ष मात्र छात्रबृति उपलब्ध गराईने भएकाले कार्यक्रम प्रभावकारी नदेखिएको हो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्