Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कारको उजुरी दिन्छु भनी ५० लाख माग्ने तीन महिला पक्राउ

tribeni2

दांग । बलात्कारको उजुरी दिन्छु भनेर धम्क्याउँदै ५० लाख माग्ने तीन जना महिलालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १५ की ३२ वर्षीया सीता देवी थापा, सोही स्थानकी ३५ वर्षीया खुमा वली तथा ३२ वर्षीया सुष्मा परियार छन् ।

घटना विवरणः

प्रहरीका अनुसार ती तीन जना महिलाले ६ असारमा भद्रबहादुर जैसी (नाम परिवर्तन) लाई घरायसी विषयको मुद्दामा छलफलका लागि दाङ उपमहानगरपालिका १५ मा रहेको कोहिनुर रेस्टुरेन्टमा बोलाएका थिए । उनीहरूले उक्त रेस्टुरेन्टको क्याबिनमा बियर र मासु मगाएर खाएका थिए ।

रात पर्‍यो भनेर जाहेरवाला (जैसी) निस्किए । पैसा तिरेपछि पनि तीन जना महिला ननिस्किएपछि जैसी पुनस् कोठामा गएका थिए । त्यसपछि जैसीले बोलाउँदा सीतादेवी थापाले तथानाम गाली गरेकी थिइन् । त्यसपछि ती महिलाले आफ्नो इज्जतमा हात हालेकाले जबर्जस्ती करणीमा मुद्दा हाल्छु भन्दै रेस्टुरेन्टबाट निस्किएका थिए ।

त्यसपछि ७ असारमा खुमा वलीले जैसीलाई फोन गरेर कुरा मिलाउने भन्दै सागर एन्ड सुनील रेस्टुरेन्ट तथा लजमा बोलाएकी थिइन् । उनीहरूले भेटमा जैसीसँग ५० लाख मागेका थिए । उक्त मुद्दा नमिलाए प्रहरीमा उजुरी दिने उनीहरूको धम्की थियो ।

त्यसपछि जैसीसँग भएको १ लाख नगद र सिभिल बैंकको १७ लाखको चेक उनीहरूले लिएका थिए । प्रहरीका अनुसार उनीहरू तीनै जनालाई पक्राउ गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये सीतादेवी थापाको डेराबाट जैसीसँग लिएको १७ लाखको चेक बरामद भएको प्रहरीले जानकारी दिएको छ । नगद १ लाख भने सीतादेवीले ब्याजमा लगाइसकेको बयान दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्