Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको मुलपानीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते 

शनिबार, असोज २०, २०८०
tribeni2

सल्यान  । सल्यानमा बस दुर्घटना  हुँदा  दुई जनाको मृत्यु भएको  छ ।

मृत्यु हुनेमा दांगको तुलसीपुर उपमहानगरपालिका– की ३१ बर्षिया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका– ६ की ४० बर्षिया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको  छ । 

तुलसीपुरबाट सल्यानको जयचौर जादै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै  दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जना घाइते  भएको  जिल्ला  प्रहरी  कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवीन कार्कीले जानकारी दिनुभयो  ।

घाइतेलाई प्रादेशिक  अस्पताल तुलसीपुर  पठाइएको  प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्