Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

म्यागङमा माओवादीको प्रशिक्षण तथा सम्मान कार्यक्रम 

शनिबार, असोज २०, २०८०
tribeni2

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) म्यागङ गाउँपालिका नुवाकोटको आयोजनामा शनिबार सामरी भञ्ज्याङमा वडा नम्बर ५ र ६ लक्षित वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वमन्त्री एवं सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनयुद्धकालीन सहिद बेपत्ता परिवार तथा युद्धकालका पूर्णकालीन कार्यकर्ता सम्मान समेत गरिएको छ । 

माओवादीले सुरु गरेको तीन महिने विशेष अभियान जनतासँग माओवादीस् विशेष रुपान्तरण अभियानअन्तर्गत भएको कार्यक्रममा ३ जना सहिद बेपत्ता परिवार, ६ जना जेलबन्दी योद्धा तथा ८ जना पूर्णकालीन योद्धारजनसेना र एक प्रवास समितिलाई सम्मान गरिएको माओवादी केन्द्र म्यागङ गाउँपालिकाले जनाएको छ ।

वैचारिक प्रशिक्षण एवं सम्मान कार्यक्रममा पार्टी केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल, प्रदेश सदस्य हिरानाथ खतिवडा र राममाया बोगटी लगायतको उपस्थिति रहेको थियो । 

तामाङ बाहुल्य रहेको म्यागङमा माओवादी केन्द्रले दिम दिम री माओवादी, सेम सेम री माओवादी भन्ने नाराका साथ अभियान चलाइरहेको छ । तामाङ भाषामा दिम दिम री भनेको घर घरमा र सेम सेम री भनेको मन मनमा भन्ने बुझिन्छ । 

म्यागङमा अभियान संचालनका लागि माओवादीले बाग्मती प्रदेश सदस्य नारायण नेपाल र रामचन्द्र पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्