Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी जाने नहरमा एक पुरुष मृत अवस्थामा फेला

आइतबार, असोज २१, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

चौरजहारी नगरपालिका वडा नम्वर ४ का माझँगाउका ६० वर्षिय भुपेन्द्र बुढाथोकी नगरपालिकाको वडा नम्वर २ र ४ को सिमाना पर्ने कालाखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

आईतबार दिउँसो खोलागाउँ हुँदै चौरजहारीतर्फ जाने नहरमा उहाँको शव फेला परेको हो । घर देखि करिब एक घण्टा टाढाको दुरीमा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार बुढाथोकीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ ।

प्रारम्भिक जानकारी अनुसार अत्याधिक मदिरा सेवनको कारण उहाँ नहरमा लडेपछि ज्यान गएको हुनसक्ने डिएसपी भट्टराईले उल्लेख गर्नुभयो । घटनाको अनुसन्धान भने सुरु गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्