Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेको दुर्गम गाउँमा एकिकृत घुम्ती शिविर, स्थानीयवासी खुशी

आइतबार, असोज २१, २०८०
tribeni2

रुकुम पूर्व । सिस्ने गाउँपालिकाको वडा नम्वर २ नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

सिस्ने गाउँपालिकाको आयोजनामा स्वास्थ्य शिविर, अपांगता भएका तथा जेष्ठ नागरिक परिचयपत्र वितरण, टोल विकास समिती गठनका लागि अभिमुखिकरण र कृषकहरुलाई तरकारीको बीउ बिजन वितरण सहितको घुम्ती शिविर आईतबार सम्पन्न गरिएको हो । 

सिस्ने गाउँपालिका प्रशासन अधिकृत अरुण ओलीका अनुसार एकीकृत घुम्ती शिविरमा ३३ जना महिला र १० जना पुरुष गरेर ४३ जनाको स्वास्स्थ्य परिक्षण गरिएको छ ।  त्यसैगरी १२ जनालाई अपांगता परिचयपत्र  प्रदान गरिएको छ भने १ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ  ।

शिविरमा १२३ जना कृषकहरुलाई रायो साग, गाँजर, मुला, धँनिया र केराउको बीउ वितरण समेत गरिएको छ । यसका साथै टोल विकास समिती गठन सम्बन्धी अभिमुखिकरण तालिम पनि गराइएको ओलीले बताउनुभयो । 

386836894_314576694602147_6589621216808673120_n1696775980.jpg
सिस्ने गाउँपालिकाको दुर्गम वडाको रुपमा रहेको १ र २ नम्बर वडावासीहरुलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । उहाँका अनुसार गाउँका नागरिकको सहजताको लागि घर आँगनमै पुगेर सेवा प्रवाह गरिएको हो ।  

गाउँमै एकिकृत सेवा पाएपछि स्थानीयवासीहरु खुशि भएका छन् । एकिकृत सेवा गाउँमै पाउँदा गाउँपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता नभएको उनीहरुको भनाई छ । नियमित रुपमा गाउँमा घुम्ति सेवा सञ्चालन हुनुपर्ने माग समेत स्थानीयको रहेको छ । 

387337783_704386765059986_7593517989691096901_n1696775994.jpg

आइतबार वडा २ बाट सुरु गरिएको शिविर २३ गते वडा नम्बर १ को पाखापानीमा सन्चालन गरिने सिस्ने गाउँपालिकाले जनाएको छ ।

शिविरमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले,  प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, रुकुम पुर्व अस्पतालका मेडिकल अधिकृत पुर्ण पुन र अनिश श्रेष्ठ र गाउँपालिकाबाट सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको टोलीको उपस्थिति रहेको छ ।

385433854_2023763564653898_4650838891456144124_n1696775985.jpg

387477654_291583493710602_3216163855615747290_n1696775988.jpg

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्