Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माविका ६८ जना बिद्यार्थीलाई न्यानो पोशाक वितरण

मंगलबार, असोज २३, २०८०
tribeni2

रुकुम पूर्व । सिस्ने हिमाल सामाजिक सेवा संस्था रुकुम पूर्वले बिद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा अध्ययनरत आधारभूत तहका बिद्यार्थीहरुलाई संस्थाले पोशाक वितरण गरेको हो । 

बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमध्य गरिब तथा जेहेन्दार ६८ जना बिद्यार्थीहरुलाई जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो ट्रयाक वितरण गरिएको बिद्यालयले जनाएको छ । 

सिस्ने हिमाल सामाजिक सेवा संस्थाका महासचिब लोकेन्द्र शाहीको व्यक्तिगत लगानी र संस्थाको सहयोग मार्फत जिल्लाका ३ वटा गाउँपालिकाका बिभिन्न बिद्यालयमा पोशाक बितरण कार्यक्रम अन्तर्गत २ लाख बजेटबाट आज उक्त बिद्यालयमो वितरण गरिएको हो ।

यो सँगै अब पुथा उत्तरगंगा र भूमे गाउँपालिकाका बिद्यालयमा बितरण गर्ने कार्यक्रम रहेको महासचिब शाहीले जानकारी दिनुभयो । नजिकिदै गरेको चिसो मौसम लक्षित गर्दै वितरण गरिएका ट्रयाक प्राप्त हुदा बिद्यार्थीहरु खुशी भएका छन् । 

बिद्यालयसँगको सहकार्य  तथा सहयोगका लागि बिद्यालयले सहयोगी संस्थाप्रति कृतज्ञता ज्ञापन समेत गरेको छ । यस अघि पनि उक्त संस्थाले यस बिद्यालयलाई बिभिन्न शैक्षिक सामाग्रीहरुमा सहयोग गर्दै आएको बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।  

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश थापाको अध्यक्षता रहेको पोशाक वितरण कार्यक्रममा सिस्ने गाउँपालिका ५ नम्बर वडा अध्यक्ष बिरेन्द्र बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार ओपेन्द्रलाल कामी, महासचिब लोकेन्द्र शाही, बिद्यालयका प्रधानाध्यापक चनद्र बहादुर मल्ल, शिक्षक बिद्यार्थी लगाएतको उपस्थिती रहेकोे थियो । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्