Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकाेटमा अरिङ्गालले चिलेर दिदीबहिनीकाे मृत्यु, हजुरआमा बिरामी

मंगलबार, असोज २३, २०८०
tribeni2

जाजरकोट । जाजरकाेटकाे कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको मृत्यु, भएकाे छ ।

मृत्यु हुनेमा वीरबहादुर सिंहका दुई छाेरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता  सिंह रहेका छन् । 

सुस्मिताकाे आइतवार बेलुकी र निर्जलाकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजाे साेमवार ज्यान गएकाे टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयाे । 

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले चिलेर बिरामी हुनुभएको प्रमुख बस्नेत बताउनुभयो ।

दुई नातिनीसँगै गाईगोरु लिएर धाउनीमा रहेकाे खेतमा काम गर्न जाने क्रममा उनीहरुलाई अरिङ्गालले चिलेको बस्नेतले जानकारी दिनुभयाे । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्