Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

योग तथा ध्यान गरेर मनाईयो विश्व मानसिक स्वास्थ्य दिवस

मंगलबार, असोज २३, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वमा पनि विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ । आयुर्बेद स्वास्थ्य केन्द्र रुकुम पूर्वको आयोजनामा आज जिल्लाको सिस्ने गाउँपालिकामा रहेको कार्यालयमै एक कार्यक्रमका बिच उक्त दिवस मनाईएको हो । 

“मानसिक स्वास्थ्य प्रबद्र्धनमा योग ध्यान अभियान” भन्ने मूल नाराका साथ योग तथा ध्यान गरेर आज उक्त दिवस मनाईएको हो । पछिल्लो समय अत्याधिक समस्याका रुपमा रहेको मानसिक स्वास्थ्य समस्या व्यवस्थापनका लागि योग तथा ध्यान महत्वपूर्ण रहेको हुदा योग तथा ध्यान मार्फत मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिबृद्धि गरिएको आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख बिष्णुहरि आचार्यले जानकारी दिनुभयो । 

एकातिर दैनिक आहार बिहार ध्यान नदिनु र अर्कोतिर नियमित व्यायाम तथा योगा नगर्नाले यस किसिमको समस्याबाट मानिसहरु गुज्रिरहेको कार्यक्रममा सहभागी अतिथीहरुले बताएका थिए । मानिसहरुले पछिल्लो समय प्याकिङ खानातर्फ आकर्षित हुदै गैरहेको र शरीर व्यवस्थापनमा समस्या हुनाले थप समस्या निम्तिन गई मानसिक स्वास्थ्य समस्याहरु देखा पर्ने हुँदा योगा तथा ध्यान गर्नु आजको आवश्यकता रहेको उनीहरुको भनाई रहेको थियो । 

आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख बिष्णुहरि आचार्यको अध्यक्षता रहेको आजको कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख मोहोन बहादुर के.सी. को प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका ६ नम्बर वडा अध्यक्ष पूर्णजंग मल्ल, स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुस्कल श्रेष्ठ, पतञ्जली योग समितिका अध्यक्ष भुवनेश्वर उपाध्याय लगाएत जिल्लास्थित बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवम प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसैबिच आयुर्वेद स्वास्थ्य केन्द्रले मानसिक स्वास्थ्य प्रबद्र्धनलाई महत्व दिदै बिभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आईरहेको छ । जसअनुसार कार्यालयले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको महेन्द्र माध्यामिक बिद्यालयमा अध्ययनरत १ सय बिद्यार्थीहरु र २५ जना शिक्षकहरुलाई यसबारे अभिमुखीकरण समेत गरेको छ ।

त्यस्तै उक्त पालिकामा गठित आमा समूहका सदस्यहरुलाई पनि मानसिक स्वास्थ्य सम्बन्धी जानकारी गराईएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्