Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मानसिक स्वास्थ्य प्रवद्र्धनको बिषयमा वक्तृत्वकला

मंगलबार, असोज २३, २०८०
tribeni2

रुकुम पश्चिम । “मानसिक स्वास्थ्य : सबैको अधिकार“ भन्ने नाराका साथ रुकुम पश्चिममा पनि ३१ औँ विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ ।

सो अवसरमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ६ स्थित बाल कल्याण माध्यमिक विद्यालय झुल्खेतमा माध्यमिक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । 

मंगलबार मानसिक स्वास्थ्य प्रवद्र्धनमा हाम्रो भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । मुसिकोट नगरपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी) नेपालको साझेदारीमा संचालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा दुई वटा बिद्यालयका १० जना बिद्यार्थीहरु प्रतियोगिको रुपमा सहभागी रहेको  सी.एम.सी. नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा मुसिकोट नगरपालिका ७ स्थित जनजागृति माध्यमिक बिद्यालय  र मुसिकोट नगरपालिका ६ को बाल कल्याण माध्यमिक विद्यालयका बिद्यार्थीहरुले भाग लिएका थिए । 

384540573_1720976655013767_7110353111932504384_n1696955962.jpg

यो दिवस विश्वका १५० भन्दा बढी देशहरुमा एक साथ मनाउने गरेको छ । मानसिक स्वास्थ्य र समस्या र सेवाको बारेमा जानकारी दिने र यो दिवसको औचित्यको विषयका बारेमा जानकारी गराउने उद्धेश्यले दिवस मनाईएको सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता शाहीले बाउनुभयो । 

बाल कल्याण माध्यमिक विद्यालयका अभिभावक संघका अध्यक्ष गम्बरसिंङ बोहरा अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा मुसिकोट वडा नम्वर ६ का वडा अध्यक्ष भानु मल्ल रहनुभएको थियो ।

कार्यक्रममा उक्त बिद्यालयका प्रधानाध्याक गोविन्द बहादुर ओली, सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाही,  शिक्षक तथा बिद्यार्थीहरु गरेर करिब २७५ को सहभागिता रहेको बताईएको छ ।  कार्यक्रमको संचालन बिद्यालयका शिक्षक टोपबहादुर हमालले गर्नुभएको थियो । 

387518172_1759016134538381_5099139420597430730_n1696955963.jpg

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्