Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अत्याधिक रक्तश्राव भएपछि आठविसकोटकी एक सुत्केरीलाई हेलिकप्टर मार्फत उद्धार

मंगलबार, असोज २३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । 

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ६ की ३० वर्षिया सपना खत्रीलाई नेपाली सेनाको एनए ०६१ हेलिकप्टर मार्फत मंगलबार सुर्खेत लगिएको हो । 

खत्रीलाई सुत्केरी व्यथा लागेपछि असोज २१ गतेका दिन जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उहाँको शल्यक्रियाद्वारा सकुसल बच्चा निकालिएको थियो ।

शल्यक्रिया पश्चात रक्तश्राव अत्याधिक भएको र छातिमा समेत समस्या देखिएपछि थप उपचारको लागि चिकित्सकको परामर्श अनुसार उहाँलाई तत्काल उद्धार गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्