Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम कारागारमा रहेका कैदीबन्दीहरुको निःशुल्क आँखा जाँच

बिहीबार, असोज २५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमस्थित कारागार कार्यालयमा रहेका ९२ जना कैदीबन्दीहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

बिहिबार विश्व दृष्टि दिवसको अवसर पारेर कारागार कार्यालयमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा उनीहरुको आँखा जाँच गरिनुका साथै चश्मा र औषधि वितरण गरिएको हो । 

नेपाल नेत्र ज्योति संघ रुकुम आँखा सर्जिकल सेन्टरको प्रविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वस्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग शिविर सञ्चालन गरिएको हो ।

आँखा सर्जिकल सेन्टर सल्लेका इञ्चार्ज धनबहादुर केसीका अनुसार शिविरमा ९२ जना कैदीबन्दीहरूको निःशुल्क आँखा जाँच गरिएको छ भने ३२ जनालाई निःशुल्क चस्मा बितरण गरिएको छ । कैदीबन्दीहरूमा सामान्य आँखाको समस्या देखिएको र समस्या देखिएकाहरूलाई औषधि समेत दिइएको इञ्चार्ज केसीले बताउनुभयो ।

हाल जिल्ला कारागार रुकुम पश्चिममा १२९ जना पुरुष, नौ जना महिला र दुई जना बालक रहेका छन् ।

आँखा जाँच गर्न ईच्छुक कैदीबन्दीहरुको मात्र आँखा जाँच गरिएको हो । आँखा सर्जिकल सेन्टर सल्ले जिल्लाका बिभिन्न स्थानहरुमा निःशुल्क शिविर सञ्चालन गरेर सेवा दिदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्