Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा निराजन केसी निर्वाचित

अध्यक्ष पदमा निर्वाचन, अरु सबै पदमा निर्विरोध
शनिबार, असोज २७, २०८०
tribeni2

रुकुम पश्चिम । अनेरास्ववियू (क्रान्तिकारी) रुकुम पश्चिमको अध्यक्षमा निराजन केसी निर्वाचित हुनुभएको छ । मुसिकोटमा शुक्रवार र शनिवार चलेको २७ औँ जिल्ला सम्मेलनबाट ३३ सदस्यीय नयाँ जिल्ला कमिटी चयन भएको हो ।

नव निर्वाचित कमिटीमा अध्यक्ष पदका लागि चुनाव भएको थियो भने अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । चौरजहारी नगरपालिका १० निवासी निराजन केसीले अध्यक्षका उम्मेदवार बिशाल बिष्ट र खुमराज ओलीलाई पराजित गर्दै पराजित गर्दै जित हात पार्नुभएको हो । 

केसीले १६ मत पाउँदा विष्टले १२ मत  र ओलीले ५ मत पाउनु भएको निर्वाचन समितिका संयोजक अमरराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नव निर्वाचित कमितीको उपाध्यक्षमा किरण विश्वकर्मा र दीपेन्द्र ओली, सचिवमा दुर्गाप्रसाद बि.क., सह सचिवमा पूजा बि.क. र प्रकाश डाँगी तथा कोषाध्यक्षमा विजया पुन मगर निर्विरोध निर्वाचित हुनुभएको छ । 

387817686_10229190980711773_605108623030896393_n1697292934.jpg

कमिटीको सदस्यहरुमा त्रिवेणी गाउँपालिकाका प्रेमा सिर्पाली, तारा खड्का, कुमार डाँगी र निर्मला डाँगी चयन हुनुभएको छ भने आठविसकोट नगरपालिकाका दिपक केसी, निराजन ओली, देविका खत्री र टेकबहादुर खत्री निर्वाचित हुनुभएको छ । त्यसैगरी चौरजहारी नगरपालिकाका अनुशा पुन मगर, महेश ओली, शुष्मा पोखरेल र डिल्ली बस्याल, बाँफिकोट गाउँपालिकाका किशोर जैसी, प्रेङका घर्तीमगर, किरण मल्ल र दर्शना ओली जिल्ला कमिटि सदस्यमा निर्वाचित हुनुभएको छ । 
यसैगरी जिल्ला कमिटि सदस्यहरुमा सानीभेरी गाउँपालिकाका कमल बिष्ट, अपार रसाईली, बिरभान भण्डारी, हिरा कुसारी र कमला बुढाथोकी, मुसिकोट नगरपालिकाका शुसान्त बिक, रमा बाँठा मगर र प्रकाश डाँगी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार बिशाल बिष्ट र खुमराज ओली पनि सदस्य पदमा रहनुभएको छ । 

384237223_237800972615875_1663379388996882858_n1697286371.jpg

384246904_237801005949205_7718038512909596388_n1697286370.jpg

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्