Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आजबाट मूलपाटी तेस्रो वर्ष प्रवेश

आइतबार, असोज २८, २०८०
tribeni2

रुकुम पश्चिम । आज नेपालीहरूको महान चाड बिजयादशमीको महत्वपूर्ण दिन, घटस्थापना । यहि शुभदिनको साइत पारेर सुरु गरिएको न्युज पोर्टल मूलपाटी डटकम आजबाट तेस्रो वर्ष प्रवेश गरेको छ । 

मुलबाटो मिडिया प्रा. लि. द्वारा संचालित मुलपाटी डटकमले आजबाट दोस्रो वर्ष पुरा गरेर तेस्रो वर्ष प्रवेश गरेको हो।

सुरुवातीका वर्षहरुलाई मूलपाटीले गर्व लायक वर्षका रुपमा उल्लेख गरेको छ । कर्णालीका कुरा (अवस्था, व्यवस्था र सम्भावना) उजारग गरेर समुन्नत मुलुक निर्माणमा टेवा पुर्याउने गरेर रुकुम केन्द्र राखेर  मूलपाटी सञ्चालन भएको थियो । 

अनलाइनको बजारमा मूलपाटीले पठनिय, खोजमुलक, विश्वासनिय र ताजा खबर पाठकहरुलाई दिने नियमित कोशिस गरिरहेको छ । जसको कारण सबैको प्रिय बन्न सफल भएको छ । 

विश्वासनिय र निष्पक्ष पत्रकारितामा प्रतिवद्धता मूलपाटी टिमले पाएको पाठकहरुको साथ र प्रेरणाको कारण कर्मशिल रहन उर्जा मिलेको उल्लेख गरेको छ । यस अवसरमा मूलपाटीले आज एक औपचारिक कार्यक्रम समेत गर्ने जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्