Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा अटो दुर्घटना हुँदा भूमि आयोगका बिज्ञ सदस्य बिष्ट सहित सात जना घाईते

आइतबार, असोज २८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ मा अटो दुर्घटना हुँदा सात जना घाईते भएका छन् । 

आईतबार मुसिकोट खलंगाबाट छिवाङतर्फ जाँदै गरेको रा १ ह ६९५२ नम्वरको अटो दुर्घटना हुँदा भूमि आयोग रुकुम पश्चिमका बिज्ञ सदस्य शुसिल बिष्ट सहित सात जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परी घाईते हुनुभएका मुसिकोट नगरपालिका १४ निवासी बिज्ञ सदस्य बिष्टको आँखा, टाउको र घुँडामा चोट लागेको छ ।

अन्य घाईतेहुनेहरुमा मुसिकोट नगरपालिका १ का ५० वर्षिय एक्क बहादुर बुढा र २८ वर्षिय राम बहादुर ददेल, मुसिकोट नगरपालिका ५ का ४८ बर्षिय चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका १४ का बिशाल बिष्ट र कपिल बिष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका ५ का दिलिप बिक रहेका छन् ।

घाईते मध्य विज्ञ सदस्य बिष्ट र उहाँका भाई कपिल बिष्टलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । अटो अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्