Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छोटो समयमै मूलपाटीको लोकप्रियता - 'साझा बन्न सफल'

आइतबार, असोज २८, २०८०
tribeni2

रुकुम पश्चिम । कर्णालीको रुकुम पश्चिममा मुख्य कार्यालय रहेर दुई वर्ष पहिलादेखि मूलबाटो मिडिया प्रा.लि.द्वारा सञ्चालन मूलपाटी डटकम न्युज पोर्टल प्रभावकारी र सशक्त अनलाईन भएको बताईएको छ । 

मूलपाटी डटकमको दोश्रो बार्षिकोत्सवको अवसरमा मुसिकोट नगरपालिका १ बागबजारमा रहेको कार्यालयमा आयोजित बार्षिकोत्सव तथा बिजयदशमीको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका व्यक्तिहरुले मूलपाटी सबैको साझा समाचार केन्द्र रहेको जनाएका छन् । अनलाईन तेस्रो वर्ष प्रवेशको अवसरमा मूलपाटीले सरोकारवालाहरुबाट सुझाव संकलन समेत गरेको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले दुर्गम तथा पहाडि जिल्लामा रहेर चुनौतिहरु परास्त पार्दै मूलपाटी अगाडि बढ्न सफल भएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रलाई महत्वमा राखेर सबै क्षेत्रका ताजा र विश्वानिय समाचारहरु पस्केर मूलपाटीले पत्रकारिताको धर्म निभाईरहेको जनाउनुभयो । 

WhatsApp Image 2023-10-15 at 17.14.41_31d9e5831697370119.jpg

छोटो समयमै लोकप्रिय बनेको मूलपाटी डटकमको निरन्तरता र दिगोपनाको कामना गर्नुहुँदै प्रजिअ पन्तले मूलपाटी अझै नागरिक र जनमैत्री बनेर पहुँच थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अबको सपना भनेको लोकल देखि ग्लोबलसम्म रहेकोले मूलपाटीले टिमकर्मसँगै ग्लोबलसम्मको सपनालाई पछ्याउनुपर्ने बताउनुभयो । 

प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले मूलपाटीले पूर्वाग्रह भन्दा पर रहेर जनतालाई सहि सूचना दिन उल्लेख्य काम गरेको बताउनुभयो । शान्ती सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीले गरेका गतिविधिहरु सकारत्मक ढंगले प्रकाशन गरेर उल्लेख्य सहयोग गरेको उहाँले बताउनुभयो । मूलपाटीले सबैलाई मूलबाटो देखाउन सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले डिजिटल दुनियाँमा मूलपाटी स्थापीत अनलाईनको रुपमा उभिएको बताउनुभयो । मूलपाटीलाई सबैको चासोको रुपमा हेर्ने गरेको समेत उहाँले जनाउनुभयो । “मूलपाटीमा के आयो ? यसले त सत्यतथ्य समाचार मात्र लेख्छ, लेखिहाल्छ है भन्ने प्रभाव देखिन्छ,” अध्यक्ष केसीले भन्नुभयो, “पत्रकार महासंघका हर गतिविधिहरुमा मूलपाटीको सहयोग रहेको छ ।”

WhatsApp Image 2023-10-15 at 17.15.04_7a25f7bf1697373857.jpg

पाठकको चाहना अनुसार अनलाईनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । अनलाईन न्युज पोर्टलका आफ्नै चुनौतिहरु रहेकोले यसको दिगोपनाका लागि मूलबाटो मिडिया प्रा.लि.ले सहकार्य र साझेदारीका अन्य कार्य गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले मूलपाटीलाई सुरुवाती देखि नै आफूले नजिकबाट नियाल्ने अवसर पाएको उल्लेख गर्नुभयो । पत्रकारिताको धर्म र मान्यता अनुसार मूलपाटीले आफ्नो स्थान बलियो बनाउँदै लिएको उहाँको भनाई छ । 

कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरु समेतको उपस्थिति रहेको थियो । सहभागीहरु बिचमा नेपालीहरुको महान् चाड दशै, तिहार र छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । 

WhatsApp Image 2023-10-15 at 17.15.04_75be2c8e1697370121.jpg

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्