Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोजरको ठक्करबाट मृत्यु भएका बालकको परिवारलाई किरिया खर्च प्रदान

सोमबार, असोज २९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा डोजरको ठक्करबाट मृत्यु भएका एक बालकको परिवारलाई किरिया खर्च प्रदान गरिएको छ । 

सानीभेरी गाउँपालिकाको वडा नम्वर १० मा डोजरको ठक्करबाट मृत्यु भएका  ६ वर्षिय चन्द्रलाल खड्काको परिवारलाई  सानीभेरी गाउँपालिले किरिया खर्च दिएको हो । 

सानीभेरी गाउँपालिका गाउँकार्यपालिकाको १९ गते बसेको बैंठकले  मृतक खड्काको परिवारलाई क्रिया खर्च दिने निर्णय अनुसार गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट र सानीभेरी गाउँपालिका १० का वडा अध्यक्ष सहितको टिम मृतकको घर दाब्रेखोला पुगेर रकम हस्तान्तरण  गरेको गाउँपालिका अध्यक्ष बिष्ट जानकारी दिनुभयो ।उहाँका अनुसार मृतकका परिवारलाई २५ हजार रुपियाँ दिईएको हो । 

सानीभेरी गाउँपालिका दाब्रखोला निवासी खड्कालाई गत असोज १९ गते दिउँसो बिद्यालयबाट घर फर्कने क्रममा डोजरले ठक्कर दिएको थियो । उनी  जनसेवा आधारभूत बिद्यालय घन्ठानामा कक्षा एकमा अध्ययनरत थिए ।

गाउँपालिकाको केन्द्र सिम्लीबाट अर्मातर्फ जाने भित्री सडक मर्मत गरेर फर्कने क्रममा बालकलाई डोजरले ठक्कर दिएको र ठक्करले गम्भिर घाईते भएका बालक खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो । अवस्था गम्भिर भएपछि हेलिकोप्टरबाट बाहिर लैजाने तयारी हुँदै गर्दा बालकको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्