Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्मचारीद्वारा पत्रकार र सुरक्षाकर्मीलाई एक-एक गोल 

सोमबार, असोज २९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा भएको पत्रकार, कर्मचारी र सुरक्षाकर्मी बिचमा भएको त्रिपक्षिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिमले जित हाँसिल गरेको छ । 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले विजयादशी तथा शुभ दिपावलीको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता कर्मचारीको टिम विजयी भएको हो । विजेता टिमले खसी हात पार्न सफल भएको छ ।  

मुसिकोट नगरपालिका -४ बोहरागाउँमा विजयादशी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान लगत्तै मैत्रीपूर्ण फूटबल प्रतियोगिता सञ्चालन गरिएको पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आपसी भाईचारा बृद्धि, सम्बन्ध थप प्रगाढ बनाउन र खेल क्षेत्रको विकासको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । 

त्रिपक्षिय रुपमा भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको टिमले पत्रकार र सुरक्षाकर्मीको टिमलाई जितेको हो । कर्मचारी र पत्रकारका बिचमा भएको पहिलो खेलमा कर्मचारीको टिमले १–० ले विजयी भयो । 

दोश्रो चरणमा कर्मचारी र सुरक्षाकर्मीको टोली भिडेको थियो । जसमा कर्मचारीको टोली पेनाल्टी सुट आउटमा १–० ले विजयी भयो । निर्धारित ४० मिनेट र थपिएको १० मिनेटमा दुवै तर्फबाट ३–३ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा भएको थियो । 

महासंघका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चण्डीदल गणका गणपति प्रमुख सेनानी शरद थापा, प्रहरी नायव उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, जिल्लाका क्रियाशिल पत्रकाहरु लगायतको आतिथ्यता रहेको थियो । महासंघका जिल्ला सदस्य दिपेन्द्र महाताराले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो ।

392751613_10220044531902548_4483586155732269671_n1697451104.jpg

football game1697451107.jpg

392749766_10220044529302483_4904507799641869873_n1697451103.jpg

392819090_10220044525982400_6025594584953191013_n1697451105.jpg

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्