Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको होटेल सत्कारमा एक महिला मृत अवस्थामा फेला

मंगलबार, असोज ३०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । 

मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटेलको कोठा बुक भएको देखिन्छ । 

सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्