Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

होटेलमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, 'कुकुरसहितको टोली आउँदै गरेकोले शव चलाईएको छैन'

मंगलबार, असोज ३०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका –१ खलङगाको एक होटेलमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको होटेल सत्कारमा मृत अवस्थामा भेटिएकी महिला जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ साँखकी २८ वर्षिया भावना बिक रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काका अनुसार होटेलको कोठा नम्वर १ मा मंगलबार बिहान महिलाको शव फेला परेको थियो । त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आईतबार होटलको कोठा बुक भएको देखिन्छ ।

सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको थियो । सिरक उठाएर हेर्दा टाउकोमा कपडा बाँधिएको र रक्ताम्य अवस्थामा शव रहेको छ । घटनाको अनुसन्धान हुँदै गरेको प्रहरीले  जनाएको छ ।

प्रहरी निरीक्षक खड्काले घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको जानकारी दिनुभयो । कुकुरसहितको टोली आउन लागेकोले शव चलाईएको छैन । अहिले होटेलमा प्रहरीले सुरक्षा दिइरहेको छ । 

सम्बन्धित समाचार ......

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्