Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

होटेलमा महिला मृत घटना : ‘आँखा छोपी घाँटि रेटेर हत्या गरेपछि सिरकले शव छोपेको देखियो,’ एक जना पक्राउ !

बुधबार, कात्तिक १, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी एक महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ । 

मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै  आएकी २८ वर्षिया भावना बिकको घाँटि रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या विभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटि रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताउनुभयो ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ । मूलपाटीलाई प्राप्त जानकारी अनुसार महिलाको घाँटिको भाग आधा भन्दाबढी छिनाईएको छ । 

प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन । 

घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक बिष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार ....

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्