Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटको सत्कार होटेलमा जुवा खेल्दै गरेका तीन जना पक्राउ

बुधबार, कात्तिक १, २०८०
tribeni2

रुकुम पश्चिम । आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारको एक होटेलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

आठविसकोट नगरपालिका ९ राडि बजारस्थित होटेल सत्कारमा जुवा खेलिरहेका नगरपालिकाको बिद्यालय श्रोत विज्ञ थलबिर ओलीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पठाएको बताईएको छ । पक्राउ पर्नेहरुमा आठविसकोट नगरपालिका ९ निवासी श्रोत विज्ञ थलविर ओलि, सोहि नगरपालिका वडा नम्वर १० का राम बहादुर शाह र स्यालाखदीका गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ ।  

होटलमा तास खेलिरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट ६० हजार रुपियाँ बरामद गरिएको प्रहरीको भनाई छ । नगद सहित तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याईदै गरेको र आवश्यक कारबाहि सुरु गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्