नायिका प्रियंकाले छोरी जन्माईन्

२०७८ असोज ६, बुधबार

काठमाडौ । नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् ।

सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।

गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्