Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

होटलमा लिएर महिलाको हत्या गरेको आरोपमा सानीभेरीका लोकबहादुर पक्राउ

हत्याको कारण : 'अनैतिक सम्बन्ध र आर्थिक लेनदेन'
बुधबार, कात्तिक १, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा लिएर महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ । 

सानीभेरी गाउँपालिका –९ सिम्ली बस्ने ३३ बर्षिय लोकेन्द्र बिक भनिने लोकबहादुर बिकलाई प्रहरीले मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्या आरोपी लोकबहादुरलाई सार्वजनिक गरिएको हो ।  मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृतकको घाँटि रेटेर हत्या गरिएको डिएसपी भट्टराईले बताउनुभयो । 

मुसीकोट नगरपालिका –१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या गरिएको बताईएको छ । प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल र प्रतिवादीको घरकोठाबाट नगद ८५ हजार ८३५ रुपियाँ बरामद गरेको जनाएको छ । 

393879199_851433866529557_151089521720230799_n1697628948.jpg

आईतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए । नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरुले दिएको नाम र विवरण गलत रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 

बहुबिवाह मुद्धामा कैद भुक्तान गरिरहेका लोक बहादुर असोज ३ गते संविधान दिवसको अवसरमा कैद मिनाहा पाएर कैदमुक्त भएका थिए । 

हत्या आरोपी बिक बिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मृतकको सासुआमा उजेली कामीले किटानी जाहेरी दिनुभएको छ । पक्राउ परेका बिक बिरुद्ध जिल्ला अदालत रुकुम पश्चिमबाट जरुरी पक्राउ स्विकृति लिई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । 

प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले सफल अनुसन्धान गरेको हो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र दक्ष जनशक्ति परिचालन भएको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्