नेभिगेशन
सामाजिक सञ्जाल

तारा प्रसाद ओली

नेपाली नागरिकता खल्तीमा राखेर अवसरको खोजीमा विदेश गएका, श्रम र मेहनत गरेर रेमिट्यान्स पठाउने अनि भविष्यमा नेपाल नै फर्कने दिदीबहिनी दाजुभाइहरु वास्तवमै महान छन् । उनीहरुको गाली र आलोचना सहनुपर्छ । तर नेपाल खत्तम भयो, नेपालको भविष्य सकियो भन्दै नेपाली नागरिकता रद्दीको टोकरीमा फालेर विदेशी भएका भूतपूर्व नेपालीहरुले उतैको चिन्ता गरे हुन्छ । नेपालको चिन्ता हामी आफैं गर्छौ, नेपाल जस्तो सक्छौं, त्यस्तै बनाउछौं । त्यो हाम्रो चिन्ता र सरोकारको विषय हो । उता गएर गाँस, बासको जेनतेन जोहो गरेका अनि पहिचान र प्रतिष्ठाको संकट भएपछि यता आएर ठूलो कुरा गर्ने ? हामीलाई सराप्ने अनि हामीलाई नै गाली गर्ने ? आफू जुन देशको नागरिक हो, त्यही देशको चिन्ता गर्नु उचित हुन्छ ।

(तारा प्रसाद ओलीको फेसबुकवालबाट)

tara1697687815.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा