Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका वनमा सुशासन अभियान : अभिलेख व्यवस्थापन देखि वन खारेजीको तयारी

बिहीबार, कात्तिक २, २०८०
tribeni2

रुकुम पश्चिम । 'सामुदायिक वनमा सुशासन अभियान' चलाएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले दुई महिना विभिन्न गतिविधिहरु सम्पन्न गरेको छ । 

भदौ १ गते देखि सुरु भएको सुशासन अभियानका क्रममा असोज ३० गते सम्म जिल्लाभरका ११८ वटा सामुदायिक वन उपभोक्ता समितिमा सुशासन अभियानको टिम पुगेको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यालयले २४ जना वन कर्मचारी तथा प्राविधिकहरु रहेको दुई वटा समुह परिचालन गरिरहेको छ । मुसिकोट र चौफा नाममा बनाएका दुवै टिमले जिल्लामा रहेको जम्मा ३६८ वटा वन उपभोक्ता समुह मध्य ११८ वटामा विभिन्न गतिविधिहरु सम्पन्न गरेका छन् । 

सुशासन अभियानको टिमले दुई महिनाको अवधिमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु सहितको ३० वटा समन्वय बैठक सम्पन्न गरेको छ भने ११८ वटा सामुदायिक वनको अभिलेख व्यवस्थापनको काम गरेको छ ।

निमित्त प्रमुख परियारका अनुसार यस अवधिमा अभियान अन्तर्गत ११८ वटा सामुदायिक वनको आन्तरिक लेखा परिक्षण तथा व्यवस्थापन गरिएको छ भने ६७ वटा सामुदायिक वनको आम भेला सम्पन्न गरिएको छ । यसैक्रममा ११ वटा सामुदायिक वनको खारेजीको लागि मुचुल्का तथा कागजात तयारी गरिएको छ । निश्क्रििय भएका, वन ऐन अनुसार काम नगरेको र सम्पर्कमा समेत नरहेका वन समुहहरु खारेजी गर्न लागिएको हो ।

393751777_283030288025902_3170192202648942638_n1697696870.jpg जिल्लाभर परिचालन भएको सुशासन अभियानको दुवै टिमले जिल्लामा समिक्षा बैठक गरेर अभियानले वन क्षेत्रका नयाँ उत्साह ल्याएको र निरन्तर अगाडि बढाउने निर्णय गरेको बताईन्छ । 

अभियानले दर्ता भएर निश्क्रिय अवस्थामा रहेका वन समुहरु सक्रिय बनाउन र वन समहुमा आउने अपारदर्शिताको सवाल निराकरण गर्न सहयोग पुगेको छ । यस कार्यले वन समुहको संस्थागत सुधार र बलियो संरचनाको लागि समेत टेवा पुगेको बताईएको छ । 

सुशासन अभियानको क्रममा वडास्तरमै सामुदायिक वन उपभोक्ता समुहको वार्षिक लेखा परिक्षण, वार्षिक प्रगति प्रतिवेदन, म्याद समाप्त भएका सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना नविकरण, समुहको अभिलेख व्यवस्थापन, समुहहरुको आमभेला तथा अवधि सकिएकाको हकमा कार्यसमिति पुनर्गठन लगायतका कार्यक्रम सञ्चालन भईरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्