Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा बाल विवाह बिरुद्ध जैसी, ब्राह्मणसहितको सामुहिक प्रतिबद्धता

बिहीबार, कात्तिक २, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा बाल विवाह बिरुद्ध सामुहिक प्रतिबद्धता गरिएको छ । गाँउपालिकाको आह्वान गरेको धर्मगुरु, जैसी तथा पण्डित र सरोकारवालाहरुसँगको छलफल पश्चात बाल विवाह बिरुद्ध सामुहिक प्रतिवद्धता गरिएको हो । 

समाजमा परम्परागत रुपमा रहेका गलत अभ्यास जानकारी गराउन र बाल विवाह न्यूनिकरण गर्न सरोकारवालाहरुको भेला गरेर सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानबिर ओलीले जानकारी दिनुभयो ।

प्रतिबद्धतामा २० वर्ष उमेर नपुगेर गरिने विवाह कानूनी रुपमा दण्डनिय हुने र बाल विवाह गर्नु अपराध भएकोले यस्तो कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न नहुँने कुरा उल्लेख छ । 

प्रतिबद्धता गर्नु अघि गाउँपालिकाले पालिका भित्र रहेका जैसी तथा ब्राह्मणलाई भेला गरेर बाल विवाहको अवस्था र कानूनी व्यवस्था बारेमा अभिमुखिकरण दिएको थियो । समाजमा विवाहको क्रममा जैसी तथा ब्राहमण बोलाउने प्रचलन रहेको छ ।

pratibaddhata1697702829.jpg

उमेर नपुगेका बालबालिकाहरुको चिना तथा साईत हेर्न र विवाहको कार्य बन्देज गर्न उहाँहरु सहमत भएको बाल अधिकार अधिकृत ओलीले बताउनुभयो । त्यस्तो कार्य हुने गरेको पाईएमा गाउँपालिकामा सूचना दिन समेत उहाँहरु सकारात्मक रहेको बताईएको छ । 

जिल्लाका छ वटा स्थानीय तह मध्य सानीभेरी गाउँपालिकामा बाल विवाह बढी मात्रामा भएको बताईन्छ । गाउँपालिकाले गत वर्ष संकलन गरेको विवरण अनुसार ५४ प्रतिशत बाल विवाह सानीभेरीमा हुने गरेको छ । सानीभेरी गाउँपालिकाकी सहायक महिला विकास निरिक्षक लिला शर्माका अनुसार दुई वर्ष पहिला गाउँपालिकामा बाल विवाहको दर ६५ प्रतिशत रहेको थियो ।

गाउँपालिकाले बाल विवाह न्यूनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको छ । गाउँपालिकाले सञ्चालन गरेको बाल विवाह बिरुद्धको अभियानमा विभिन्न निकाय तथा व्यक्तिहरुले सहयोग गरेको र बाल विवाहको दर कम हुँदै गएको बताईन्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्