Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भलाक्चा र छिङमा आँखा शिविर सम्पन्न, २९ जनामा मोतिबिन्दुको समस्या

शुक्रबार, कात्तिक ३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ र ११ मा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । दुवै वडामा भएको शिविरबाट ३२९ जनाको आँखा जाँच भएको छ । 

मुसिकोट नगरपालिका, १ नम्वर र ११ नम्वर वडा कार्यालयको समन्वय तथा व्यवस्थापन र नेपाल नेत्र ज्योती संघ, रुकुम आँखा सर्जिकल सेन्टरको प्राविधिक सहयोगमा दुवै वडामा शिविर सम्पन्न गरिएको हो । दुवै शिविरबाट २९ जनामा मोतिबिन्दुको समस्या रहेको पत्ता लागेको छ । 

बुधबार वडा नम्वर ११ को भलाक्चामा भएको निशुल्क आँखा जाँच कार्यक्रममा १२९ जनाको आँखा चेक जाँच तथा उपचार गरिएको वडा सचिव धनकुमार शाहीले जानकारी दिनुभयो । जाँचका क्रममा १५ जनामा मोतिबिन्दुको समस्या रहेको पाईएको छ भने ३८ जनालाई निशुल्क चश्मा उपलब्ध गराईएको छ । आँखा जाँच गराएका अन्यलाई निशुल्क औषधि र परामर्श दिईएको छ । 

त्यसैगरी बिहिबार छिङमा भएको शिविरमा दुई सय जनाको आँखा जाँच गरिएको छ । यहाँ गरिएको शिविरमा ५० जनालाई निशुल्क चश्मा उपलब्ध गराईएको छ भने १४ जनामा मोतिबिन्दुको समस्या देखा परेको आँखा सर्जिकल सेन्टरका ईन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मोतिबिन्दुमा समस्या रहेकाहरुको लागि आगामी कात्तिक १६ र १७ गते जिल्ला अस्पताल सल्लेमा हुने आँखा शिविरमा उपचार तथा शल्यक्रिया हुने छ । 

392940618_315109841214904_955895890385266665_n1697764654.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्