Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटका मेयरद्वारा बादी समुदायलाई खाद्यन्न वितरण

शुक्रबार, कात्तिक ३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ९ राडिस्थित बादी समुदायमा खाद्यन्न वितरण गरिएको छ । 

नगरपालिकामा रहेका बादी समुदायका १७ घरपरिवारलाई नगर प्रमुख रबि केसीले खाद्यन्न उपलब्ध गराउनुभएको हो । चाडपर्वको मुखमा खाद्यन्न जोहो गर्न कठिनाई नहोस् भनेर आर्थिक अवस्था कमजोर भएका बादी समुदायमा खाद्यन्न उपलब्ध गराईएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । 

दैनिक मजदुरी गरेर परिवार पाल्ने समुदायमा चाडवाडको बेला कामको अभाव हुने र दैनिकी धान्न मुश्किल हुने भएकोले उक्त समस्या समाधानका लागि सहयोग गरिएको हो । 

१७ घरपरिवारका घरमुलीलाई प्रतिघर १ बोरा चामल, दुई बोतल तेल, तीन किलो दाल, एक पोका नुन वितरण गरिएको हो । 

खाद्यन्न पाएपछि स्थानीय तारा बादीले दशै मनाउन अब सहज हुने बताउनुभयो । स्थानीय सरकार प्रमुखले बादी समुदायको समस्या बुझेर सबै परिवारलाई दशैमा पुग्ने गरी खाद्यन्न उपलब्ध गराएको भन्दै उहाँले खुशि व्यक्त गर्नुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्