Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दर्शन नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

बुधबार, कात्तिक ८, २०८०
tribeni2

सल्यान । ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्।

उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए । सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए ।

स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेर भनेका थिए । तर, घनश्यामले ढोग दिएनन् । त्यसपछि उनीहरूले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घाइते हुनेगरी कुटपिट गरेपछी घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्युु भएको छ।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए ।  डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए ।

कार्कीका अनुसार  कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । - रातोपाटीबाट

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्